• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

१० औं एक्सेल्सियर कप : रेडिअन्ट र एक्सेल्सियरको जित



काठमाडौं ।  रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।

रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०–१० ले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको ५ अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११–९ ले हरायो । गल्र्समै स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई १४–३ ले पाखा लगायो । स्वर्णिमकी नसाना श्रेष्ठले ५ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६–३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६–१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१–१० ले पन्छाए । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले ५ र पुष्पसदनका मनीष गुरुङले ११ अंक जोडे ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–१२ मा राई स्कुलले ल्यान्डमार्कलाई २–०, बृहस्पति विद्या सदनले ल्यान्डमार्कलाई २–० र राई स्कुललाई १–०, न्यु जेनिथले जोन डेवीलाई १–० तथा रेडिअन्ट पब्लिकले एक्सेल्सियर ‘नीलो’ लाई १–० गोलले पराजित गरे ।

यु–१३ मा न्यु एराले ल्यान्डमार्कलाई ३–०, स्वस्तिश्री गुरुकुलले राई स्कुललाई २–१, बोधीसत्वले ल्यान्डमार्कलाई १–०, बृहस्पतिले जोन डेवीलाई २–०, सेक्रेड हार्टले स्वस्तिश्रीलाई २–१ र रेडिअन्ड पब्लिकले सेक्रेड हार्टलाई ३–२ गोलले हराए । फेरिल्यान्ड र बृहस्पतिले २–२ तथा न्यु एरा र निर्भाना एकेडेमीले १–१ गोलको बराबरी खेले । यु–१६ मा ग्रिनफिल्डले सेक्रेड हार्टमाथि ३–२ को जित दर्ता ग-यो ।