• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

क्रिप्टो करेन्सी कारोबारमा संलग्न एक जना पक्राउ



symbolic picture

काठमाडौं । प्रहरीले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा एक युवकलाई पक्राउ गरेको छ ।

क्रिप्टो करेन्सी कारोबारमा सङ्लग्न ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले क्यास एपमार्फत २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेका छन् । उनीमाथि थप अनुसन्धान भईरहेको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।