१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

मौसमी पर्यटकले प्रयोग गर्ने सवारी साधन हेरेरै बस्न बाध्य लिमिवासी

मौसमी पर्यटकले प्रयोग गर्ने सवारी साधन हेरेरै बस्न बाध्य लिमिवासी
अ अ+ अ-

हुम्ला । ट्रयाक्क खोलेको १० वर्ष भईसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन ।

चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमी सम्मको बाटोको ट्रयाक २०७० सालमा नै खोलिएको हो । एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै छ । मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीप बाहेक सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन् ।

स्थानीयले प्रयोग गर्दै आएको पैदलबाटोलाई नै आधार मानेर २०६७ सालको भदौमा मोटर बाटो खन्न शुरु गरिएको थियो । जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ बर्ष लगाएर लाप्चा –केरमी सम्मको ७८ किलोमिटर सडक खण्डको ट्रयाक खोलिएको थियो । तात्कालिन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुखको साथ ट्रयाक खोल्ने काम भएपनि त्यसयता बाटोको स्तरोन्नतिमा कुनैपनि सरकारको ध्यान नपुग्दा स्थानीयहरु अझै पनि सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको गुनासो गर्छन् ।

उहाँले भन्नुभयो “शुरुमा म्याचिङ फण्डको रुपमा नेपाल सरकारको १ करोड र ३ वटा गाउँ विकास समितिले २० लाख रुपैया गरी १ करोड २० लाख रुपैयाँमा बाटोको ट्रयाक खोल्ने काम गरिएको थियो । ३ गाउँ विकास समितिका स्थानीय नागरिकको पहलमा शुरु गरिएको थियो । २०६७ साल भदौ अन्तिम सातामा पोखराको एच ए कन्स्ट्रक्सनबाट भाडामा ल्याएको डोजरलाई तातोपानी नाका हुँदै लाप्चा नाकामा पुर्‍याइएको थियो । त्यसपछि चाइनाबाट ल्हासामा चिनेको साथीहरुबाट एक ट्रक तेल उधारोमा ल्याएर हामीले बाटो खन्न शुरु गरेका थियौ । ”

सबै काम मान्छेले नै गर्नुपर्छ र मान्छेलाई नै लगाउनुपर्छ भन्ने मान्यता बोकेको तत्कालिन समयको त्यो समुदायले मान्छेले गर्ने काम मेसिनलाई दिए भनेर बिरोध गरे । लामा माथि आक्रमणको प्रयास गरियो । आफू माथि भएको आक्रमणलाई उनी ‘अशिक्षा’को संज्ञा दिन्छन् । उनी त्यो घटनालाई यसरी सम्झन्छन् ।

‘मान्छेले काम गर्ने पैसा डोजरलाई दियो । डोजरलाई दिएपछि लुट्न खोज्यो भनेर काम गर्नेहरुलाई उचालेर……ठाउँमा राति जाँड खाएर ढुंगामुडा नै गरेपछि काम गर्न बसेका मेरा साथीहरु रातारात भागेर प्रहरी चौकीको शरण पुगे । पालहरुमा ढुंगामुडा गरेर बाटो निर्माण समितिका मान्छेहरुलाई तितरवितर पार्ने काम भयो । म सिमिकोटमा थिएँ । आक्रमण भएको थाहा पाएपछि तेललाई दिनुपर्ने थोरै पैसासहित एउटा तिब्बती छुरी पनि बोकेर आएँ । आक्रमण गर्न सकभर सम्झाई बुझाई गर्छु । भएन भने जे पनि हुनसक्थ्यो । त्यसैले आफ्नो ज्यानको सुरक्षाका लागि म मानसिक रुपमामा नै तयार भएर आएको थिएँ । बेलुका पाल भित्र केही मान्छे आए ।’

‘अनि मैले बाटो बनाउँदाको फाइदाहरु सुनाएँ । अहिलेको जस्तो घुमन्तेको रुपमा बसेर हुँदैन भनेर राम्रोसँग सम्झाएपछि उनीहरुले लफडा गरेनन् । त्यतिबेला हिल्सातिर आर सि आई डब्लुले बाटो खन्न शुरु गरेको थियो । संकटकाल थियो । त्यतिबेला त्यहाँको स्थानीयको बुझाई बाटो खनेको ज्याला भन्दा पनि इन्जिनियरलाई गोदेपछि चामल बढी पाइन्छ भन्ने थियो । बाटो खन्ने क्रममा केही इन्जिनियलाई बाधेर गोद्ने काम पनि भयो । बाटो निर्माण समितिको अध्यक्षको दारी उखेलियो । मूल्यांकन यति गरिदिने हो भने गरे नभए मारिदिन्छु भनेपछि १० कठ्ठाको काम गरेकोमा १५ /२० कठ्ठाको गरिदिने गरेको थियो । त्यसरी लुटपाट मच्चाएको ट्रेण्ड यहाँ(आफूमाथि) बसाल्न खोजियो । ’

जसरी पनि मोटरबाटो खोल्ने एकसूत्रिए अभियानमा लागेका लामालाई कतिपय मान्छेहरुले बाटो आउनै सक्दैन भनेर भट्काउने गर्दथे । द्वन्द्वरत समय भएकाले बाटो निर्माणमा राजनीतिक अवरोध धेरै भयो । तर सडक यातायात नहुँदा स्थानीयले भोग्नुपरेको दु:ख र पीडाले उनलाई जसरी पनि बाटो खोल्नुपर्छ भन्ने दबाब दिइरह्यो । आफैँले गरेको काम सम्झँदा अहिले उनलाई ‘कसरी गरेँ होला’ भन्ने लाग्छ । बाटो खन्ने मेसिन बिग्रिँदा १ लाख ५० हजार रुपैया तिरेर हेलिकोप्टरमा मिस्त्री ल्याउनुपरेको सम्झन्छन् उनी ।

‘आज भोलि सम्झँदा सकिँदैन जस्तो लाग्छ । मलाई बाटो बनाउन लिमी बासीले साथ दिए र विश्वास गरे । शुरुमा केही अवरोध भए । यस्तो अनकन्टार ठाउँ छ । वर्षादमा केही समय मात्रै मान्छेको चहलपहल हुन्छ । मैले काम गर्न वैशाखबाटै शुरु गर्थे । न्यालोको लेकमा भरियासहित हिउँ छिचोलेर आउँथेँ र गर्थेँ । त्यस्तै नेपाल र चाईनाबीच डिजेल किन्ने प्रावधान थिएन । डिजेल ताक्लाकोटबाट अनौपचारिक रुपले त्यहाँको अधिकारीहरुसँग समन्वय गरेर किन्नुपथ्र्यो । लिमीका व्यवसायीहरुसँग समन्वय गरेर त्यही सामानमा लुकाएर तेल ल्याएर काम गरेको हो । अनि मेसिन बिग्रँदा मिस्त्रि ल्याउन समस्या हुन्थ्यो । एकपटक दुईघण्टा बल्डीङ गर्नको लागि मैले १ लाख ५० हजार तिरेर हेलिकोप्टर बुकिङ गरेँ । हेलिकोप्टरमा बल्डिङ मेसिन र मिस्त्री ल्याएको ।’

बिना इजिनियरिङ्ग, बिना सर्वे खनेको बाटोमा झर्ने सुख्खा पहिरो लगायत अवरोधलाई २०६७ सालमा ल्याएको डोजरबाटै हटाउने गरिन्थ्यो । तर सो डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ । तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो । तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा नै रह्यो । नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ ।

बिग्रेको मेसिन देखाउँदै लामा भन्छन् ‘यो मेसिनलाई खासा तातोपानी हुदै कैलाश मानसरोवरको बीचबाट लाप्चा बोर्डरमा ०६७ भदौ अन्तिमतिर ल्यायौँ । त्यहाँबाट खन्न शुरु गरेर कात्तिक सम्म टाक्चीसम्म बाटो पुर्‍यायौँ । अर्कोसाल तलुङसम्म पुर्‍यायौँ । तुम्लिङदेखि जाङसम्मको बाटो पनि यही मेसिनले खनेको हो । त्यसपछि अर्को साल छुङ्सासम्म पुर्‍यायौँ । त्यसको अर्को साल सल्ली भन्ने ठाउँमा । चाईनाको बोर्डर लाप्चादेखि सल्ली ७८ किलोमिटर टाढा छ । ४ वर्षमा यहाँसम्म पुर्‍यायौँ । पाचौँ वर्षमा केरमीसम्म झन्डै ८ किलोमिट बाटो खन्ने काम गरियो । यो मेसिन आउँदा हामीसँग ब्रेकर थिएन । बिना ब्रेकरको मेसिनबाट पनि हामीले केरमी र लेकढिङ्गासम्म बाटो खनेको हो । हुम्लामा बाटो खन्नका लागि ल्याएको पहिलो मेसिन नै यही हो । अहिले बिग्रिएर ३ वर्षदेखि सल्लीमा नै छ । ’

कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका बेला लिमी–लाप्चा सडक खण्डमा गाडी चलाउँदै आएका सवारी चालक तिलक खप्तडी मगर जोखिमपूर्ण सवारी चलाउनु परेको बताउँछन् । ट्रयाक मात्रै खोलिएको पहाडी बाटोमा पर्ने दर्जन बढी हिमखोलाहरुमा साँझमा पानीको सतह बढ्ने र बहाव दह्रो हुँदा गाडी नै बगाउने खतरा पनि हुने गरेको सम्झन्छन् ।

उनले भने ‘बाटोको अवस्था चाहीँ ठिक छैन । हिल्सातिर ठिकै छ तर लिमीलाप्चातिर चाहीँ लास्टै असहज छ । बाटोमा खोलाहरु छन् ठूला ठूला गाडी नै बगाउने जस्तो । पुलहरु प्नि छैनन् । डबल गाडी क्रस गर्ने बाटो पनि छैन । एकदमै असहज छ । साँझतिर हिउँ पग्लियो भने खोला लास्टै बढ्छ । गाडी नै बगाउला जस्तो गर्छ । धेरै ठाउँमा छ खोला । बाटो पनि त्यस्तै छ । ठूलाठूला गौँडा छन् । टु हुईल गाडीहरु उक्लनै सक्दैनन् । फोर हुईलको मात्रै हो काम यहाँ । गौडामा उक्लिन नसकेर ब्याक गर्दा गाडीहरु धेरै पल्टिरहेको छ । खोलामा पनि तर्न नसकेर गाडीहरु धेरै अड्किने गर्छ । ’

ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशमा बसेका लिमीवासीहरु अहिले पनि पैदलयात्रा गरि सदरमुकाम आउन बाध्य छन् । चुनावका बेला मत माग्न गाउँ पुग्ने नेताहरु ५ वर्ष फर्किंदैनन् । मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, जनताका छोराछोरीले राज्य सञ्चालनको बागडोर समाते तर लिमीवासीको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन । मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमीकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन् । हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात ?

कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल