२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको सन्ध्या आरतीमा कपीराइटबारे छानबिन गर्न समिति गठन



file photo
अ+ अ-

काठमाडौं । पशुपतिनाथको सन्ध्या आरतीमा बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति बनाइएको छ ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।  समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने बताएको थियो । धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै यसमा चर्को आलोचना भएको थियो ।

पछि पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटलले गंगा आरतीको भिडियो खिच्न निषेध गरिएको भन्ने सूचनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति समेत निकालेको थियो ।