३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय शाहले एसीसी अध्यक्षबाट राजीनामा दिन सक्ने, आईसीसी अध्यक्षमा चुनाव लड्ने तयारी



अ+ अ-

एजेन्सी । जय शाहले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्ष पदबाट राजीनामा दिन सक्नेछन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)मा सचिव पदमा कार्यरत शाहले आईसीसी अध्यक्ष पदका लागि चुनाव लड्ने छन् । त्यसैले उनले एसीसीको पद छाड्न सक्ने बताइएको छ ।

एसीसीको वार्षिक साधारण सभा आज अर्थात मङ्गलबारदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । बैठक २ दिनसम्म चल्नेछ । बैठकमा एसीसीको प्रसारण अधिकारबारे पनि निर्णय हुने छ ।

एसीसी अध्यक्ष पदका लागि प्रत्येक २ वर्षमा एकपटक निर्वाचन हुने गरेको छ, जय शाहले हाल आफ्नो पदको एक वर्ष पूरा गरेका छन् । आईसीसीको अध्यक्ष पदका लागि लड्नु पर्ने भएकाले आगामी निर्वाचनअघि नै उनले पद छाड्ने विश्वास गरिएको छ ।

यसै वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निर्वाचन हुँदैछ, त्यसअघि एसीसीको बैठकमा शाहले आईसीसीको अध्यक्षमा उम्मेदवारी दिने कि नदिने भन्ने टुंगो लाग्ने बताइएको छ ।