३१ असार २०८३, बुधबार
,
Latest
प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’



अ+ अ-

ललितपुर । आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका छन्—चितवन माडीको पोखरीको माछालाई फ्रोजनको रुपमा काठमाण्डौ उपत्यकामा ल्याएर बेच्ने काम ।

यसको लागि उनी लगायत अरु तीनजना साझेदार मिलेर सो नयाँ व्यवसाय शुरु गरेका हुन् । चितवन माडीका चर्चित व्यवसायी बसन्त ढकालको अध्यक्षतामा ललितपुरका ‘मुलासाग’, ललितपुरकै रेनु शाक्य र रामेछापका युवा रुपेश वर्देवा मिलेर फ्रोजन माछाको व्यवसाय शुरु गरेका हुन् ।

यसको लागि ललितपुर महानगरपालिका वडा नं ४ वागडोलस्थित चक्रपथ बाहिर एउटा शोरुम तथा विक्री केन्द्र स्थापना गरिएको छ ।

‘अर्बन फिस एण्ड मिट सेन्टर प्रालि’को नामबाट व्यवसायीक फर्म दर्ता गरि माडी चितवनमा २६ विगाहा क्षेत्रफलमा बनाइएको पोखरीमा पालन गरिएको माछालाई सफा र प्रशोधनको साथै निश्चित तापक्रममा ब्लास्ट गरि माडीको तापक्रममै रहने गरि फ्रोजन गरेर विशेष भ्यानबाट बागडोलस्थित शोरुममा विक्रीको लागि ल्याइने गरिएको छ । यो फ्रोजन माछा एकचोटी खाएका माछा पारखीहरुले पटक पटक किनेर लैजाने वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले दावी गरे ।

काठमाण्डौ उपत्यकाका माछा खाने पारखीहरुलाई लक्षित गरि माडीका पोखरीमा पालन गरिएको माछा निश्चित तापक्रममा फ्रोजन गरेर ल्याई सोही तापक्रम कायम राखेर विक्री वितरण गर्ने गरिएको सो फर्मका अध्यक्ष बसन्त ढकालले बताए ।

माडीको बरुवामा रहेको २६ विगाहा क्षेत्रफलको जमीनमा बनाइएको माछापोखरीमा पालन गरिएको ताजा माछा काठमाण्डौको माग बमोजिम अहिले दैनिक दुई हजार किलोसम्म विक्री गर्ने लक्ष्य राखिएको र पछि यसलाई दोब्बर रुपमा विस्तार गर्न सकिने अध्यक्ष ढकालले बताए ।