• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   कस्तो छ हाडजोर्नीको उपचार ? वरिष्ठ भारतीय चिकित्सक शर्माको विचार ★   बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै ★   ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ ★   श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज ★   गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा ★   ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश ★   पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा ★   पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला ★   नेदरल्यान्ड्सको १०० रन पूरा ★   माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, मनाङ सडन डेथमा स्तब्ध



पोखरा । जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जावलाखेलका गोलरक्षक युनेश चौधरीले बचाउँदै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । साथै, थपिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्किन सकेन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिमतिर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो ।