१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

पेरिसडाँडामा प्रचण्ड र माधवको भारी मनको विदाई

पेरिसडाँडामा प्रचण्ड र माधवको भारी मनको विदाई
अ अ+ अ-

काठमाडौं । विदाई, शब्दबाटै बुझिन्छ कि यो सहज र सुखद हुदैन । विदाई भेटहरु प्रायः भावनात्मक र दुःखद हुन जान्छन् किनभने यो यो छुट्टिने बेलाको भेट हो । हिजो कोटेश्वको पेरिसडाँडामा पनि त्यस्तै देखियो । अस्तिसम्म नेकपा रहेका र अस्ति साँझ अकस्मात आफ्नो पूर्व पार्टी एमाओवादीमा पुगेका प्रचण्ड र एता नेकपा एमाले हुन पुगेका माधव नेपालबीचको यो विदाई भेटको दृश्य क्यामेरामा कैँद गर्न लायक थियो । 

त्यसैले त माधव नेपाल भन्दै थिए– प्रचण्ड र मेरो पार्टी फरक हुन पुगे पनि हाम्रो मन एकै ठाउँमा छ, हामी टाढा छैनौँ । विदाई भेटको भाषा यही हो, त्यसैले उहाँहरुको मन पनि भारी थियो र त्यो विदाई भेट नै थियो । यो पिरती त दुई वर्षअघि मात्रको हो तर छोटो समयमै गाढा बन्दै गएको थियो । भनिन्छ, कसैको कर्के आँखा पर्यो भने त्यो पिरतीको गाँठो झनै कस्सिन्छ । ओलीको आँखा लाग्न नदिन उहाँहरुले त्यो गाँठो झनै कस्नुभएको थियो । 

त्यसैले हिजै पनि पिरतीको त्यो गाँठो फुक्न नपाओस भन्ने चाहना दुवैको थियो । तर पनि दुवैले बिहानैदेखि मन भारी बनाउँदै हुनुहुन्थ्यो । एक्कासी छुट्टिँदा गाह्रो नहोस् भनेर बिहानै देखि माधव नेपालले मन थाल्न थालिसक्नुभएको थियो र भन्नुभएको थियो– सायद पेरिसडाँडाको हाम्रो औपचारिक बैठक आज अन्त्य हुन सक्छ । यसले के संकेत गर्छ भने उहाँले दिउँसो एक्कासी छुट्टिन गाह्रो नहोस् भनेर बिहानैदेखि मानसिक तयारी गर्नुभएको हो । उहाँको बडो तौलिएको भाषाको अर्को संकेत यो पनि हो कि औपचारिक रुपमा उहाँ अब पेरिसडाँडाको बैठकमा नभए पनि अनौपचारिक बसाइहरु गर्नुहुनेछ । 

फेरि पनि के हुन सक्छ भने उहाँका ओली इतरका अरु बैठकहरु अनौपचारिक रुपमा पेरिस डाँडामा बस्न सक्छन् र त्यहाँ प्रचण्डको सक्रिय सहभागिता रहन्छ नै । उहाँले फुकी फुकी प्रयोग गर्नुभएको औपचारिक शब्दको अर्थ अहिलेलाई यति चाहिँ लगाउन सकिन्छ । माधवको फिर्ती त आफ्नै घरमा हो । त्यो घर तुलाउन उहाँले पनि जीवनी सक्नुभएको छ । तर आज आएर आफ्नै घर त्यति सौहार्द छैन । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदन सक्ने सम्भावना यहाँ जिवीतै छ ।

किनभने कहिलेकाहीँ मानिसलाई आफ्नै छायाँले पनि जिस्काउने गर्दछ । दोषी दिमाग शंकालु हुनु अगावै उहाँमाथि छिमेकीसँग मिलेर घर भाँडेको आरोप लाग्न पनि सक्छ । किनभने हिजोमात्र पनि उहाँको पार्टीका अध्यक्ष र उहाँको पछिल्लो संघर्षका एक सारथिले नै एक अर्कालाई तिम्रो पार्टी कुन् हो भनेर सोधासोध गरेको सुुनिएको, देखिएको थियो । यसैले अहिले उहाँको आफ्नै घरमा पुनरागमन पनि त्यति सहज देखिँदैन । सायद बैठकका उहाँमाथिको घोचपेचहरु त बाँकी छन् आउलान् । तर पनि उहाँलाई धुम्बाराहीमा कुनै युद्धमा हारेर क्याम्प फर्किएको लखतरान सिपाहीजस्तो व्यवहार गरिएला । जसका कारणले देशमा यो हुने हुनामी भएजस्तो आरोप लगाइएला । 

जसरी विघटित संसद पुस ५ अघिको शून्य प्रभावमा फर्कियो ठीक त्यसैगरी नेकपा पनि विसं २०७५ पुस २ गते फर्कियो । यी दुवै काम यसै हप्ता मुलुकको सर्वोच्च न्यायलयले गर्यो । 
प्रतिनिधि सभा ब्युँताउने काम पनि यसैहप्ता यही न्यायालयले गरेकोले माधव नेपालहरु धुप बाल्नुभयो । किनभने यो उहाँहरुको माग थियो । तर अब यो अप्रिय फैसलालाई उहाँहरुले विरोध गर्ने ठाउँ पाउनुभएको छैन । किनभने एक हप्ताभित्रैका दुईमध्ये आफूलाई मन परेको फैसला मान्ने नपरेको विरोध गर्नु राजनीतिक चरित्रले दिएन । यसैले घर फर्किनुभएका उहाँहरुका आगामी कदम के होलान् भन्ने अनुमान मात्र पनि अहिले गर्न सकिएको छैन । यदि यो नेकपा कानुनी रुपमा चिनिएन भने अब एमाले पनि नचिनिने अवस्था आएको छ । 

किनभने यो पार्टीको पनि महाधिवेशनको म्याद सकिएको छ । संविधानले ६ महिनामात्र चिन्छ यस्तो दललाई अब एमालेलाई कहिलेसम्म चिन्ने हो एकाध दिनमै थाहा होला ।  यो प्रसंगको यहाँको आसय यो हो कि माधव नेपालहरुको अबको बाटो तत्कालै महाधिवेशनको माग गर्ने र ओली इतरको हिजोको गठबाट अंश खोज्ने । अर्थात् आफू अध्यक्षमा उठ्ने तयारी गर्ने । यसबाट पार्टीमा आउन सकिन्छ । तर यो भन्दा पनि अघि सरकारको हैसियतमा हो उहाँहरुले प्रश्न उठाउने । प्रधानमन्त्रीको निरन्तरता दिने कि विपक्षीसँग मिलेर सरकार ढाल्ने । किनभने अब उहाँहरुलाई खुलेआम सरकारको विरोध गर्न गाह्रो छ, पार्टी अध्यक्षले कारबाही गर्न सक्छन् । 

अनि सरकारका विपक्षमा मत हाल्न पनि गाह्रो छ किनभने यसमा त झन् पार्टीबाट निष्कासन गर्ने खतरा रहन्छ । त्यसो भए सरकारले विश्वासको मत लिन मतदान गर्नुपर्दा उहाँहरुले मुटुमाथि ढुंगा राखेर ओलीप्रति मत जाहेर गर्नुपर्नेछ । अबका बाटोहरु त भोलि नै कोरिएलान् । तर अहिलेको पार्टीमा बसाइले माधव नेपाल र उहाँको समूहका सदस्यलाई गाह्रो छ । उहाँबिना कसै कसैलाई एमाओवादीमा गाह्रो त नहुन सक्छ तर उहाँको पुनरागमनले भने एमालेका अरु कसैलाई मुस्किल हुनसक्छ । 

फेरि त्यसको परिणाम पनि अन्ततः फुट नै हो भने यो अझ ठूलो र अर्को दुर्भाग्य होला । यो भावुक विदाईले मनको बाँध त्यहाँसम्म नबगोस् भन्ने कामना कार्यकर्ताको भए पनि फुट्न नसक्नेमा माधव र उहाँका सारथिहरु ढुक्क देखिन्नन् ।