• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

मंगलबजारमा जर्मन नागरिक मृत प्रकरण: अनुसन्धानको लागि कुकुर खटाइयो



तस्बिर: सामाजिक सञ्जाल

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा शंकास्पद रुपमा मृत फेला परेकी जर्मन नागरिकको घटनामा अनुसन्धान गर्न स्निफर कुकरलाई ल्याईएको छ ।

जर्मनी नागरिक ५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर सोमबार नागबहालस्थित राजभाई बज्राचार्यको ग्रीनतारा हेरिटेज अपार्टमेन्टको कोठामा लडिरहेको अवस्थामा मृत फेला परेकी थिईन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न स्निफर कुकरको टोली घटनास्थलमा खटाइएको छ । अनुसन्धानको लागि ल्याईएको कुकुरले यसअघि तिनकुने घटनामा पनि सहयोग गरेको थियो ।