४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीमा हुने भनिएको सती श्राप मुक्ति श्री शिव शक्ति महायज्ञ स्थगित गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले समितिअन्तर्गतको पूजाघरमा लगाउने भनिएको महायज्ञ स्थगित गर्न अनुरोध गरेको छ ।

सती श्राप मोक्ष धाम, मेचीनगर–१२ झापाले यही माघ १९ गतेदेखि २९ दिनसम्म पूजाघरमा सती श्राप मुक्ति श्री शिव शक्ति महायज्ञ आयोजना गर्न लागेको थियो । 

समितिका कार्यकारी निर्देशक डा सुरेश सुरस श्रेष्ठले धामलाई आज एक पत्र लेख्दै कोभिड (ओमिक्रोन) का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भिडभाड हुने कार्यालयहरु बन्द गर्ने भन्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ १४ गतेको आदेशबमोजिम महायज्ञ स्थगित गराउन अनुरोध गर्नुभएको छ ।