५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा पहिलो पटक इरानले अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण गर्‍यो



अ+ अ-

एजेन्सी । इरानले आईतवार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।

उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ । ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन् ।

स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो ।

महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।




भर्खरै