५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा पहिलो पटक इरानले अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण गर्‍यो



अ+ अ-

एजेन्सी । इरानले आईतवार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।

उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ । ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन् ।

स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो ।

महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।