• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

ललितपुरमा कुमारी घर पुनर्निमाण हुने



काठमाडौं । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । ०७२ सालको भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गर्नुभयो । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निमाण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताउनुभयो ।

भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उहाँले बताउनुभयो । डेढ वर्षमा सम्पन्न गरीसक्ने गरी बनाउन लागिएको भवन भुकम्प प्रतिरोधी बनाइने उहाँको भनाई छ ।