• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अष्ट्रेलिया र ताजिकिस्तान एसिया कपको क्वाटरफाइनलमा



काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा दुई टोलीले स्थान बनाएका छन् ।

आइतबार भएको खेलमा अष्ट्रेलियाले इन्डोनेसियालाई सहज जित निकाल्दै अन्तिम आठमा स्थान बनाउँदा ताजिकिस्तानले युएईले पेनाल्टी सुटआउटमा हरायो ।

अष्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोलले हराएको हो । यता, ताजिकिस्तान र युएईले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको विजेताको टुंगो टाईब्रेकरबाट लागेको थियो ।

जसमा ताजिकिस्तान ५–३ ले विजयी बन्यो । आज सोमबार अन्तिम १६ अन्तर्गत नै इराक र जोर्डन तथा कतार र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्दैछन् ।