२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीमा हुने भनिएको सती श्राप मुक्ति श्री शिव शक्ति महायज्ञ स्थगित गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले समितिअन्तर्गतको पूजाघरमा लगाउने भनिएको महायज्ञ स्थगित गर्न अनुरोध गरेको छ ।

सती श्राप मोक्ष धाम, मेचीनगर–१२ झापाले यही माघ १९ गतेदेखि २९ दिनसम्म पूजाघरमा सती श्राप मुक्ति श्री शिव शक्ति महायज्ञ आयोजना गर्न लागेको थियो । 

समितिका कार्यकारी निर्देशक डा सुरेश सुरस श्रेष्ठले धामलाई आज एक पत्र लेख्दै कोभिड (ओमिक्रोन) का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भिडभाड हुने कार्यालयहरु बन्द गर्ने भन्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ १४ गतेको आदेशबमोजिम महायज्ञ स्थगित गराउन अनुरोध गर्नुभएको छ ।