६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नितिशले बिहारमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि उथलपुथल ल्याए



अ+ अ-

एजेन्सी । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएर बिहारसँगै राष्ट्रिय राजनीतिमा हलचल मच्चाएका छन् । नितिशको राजीनामापछि अहिले उनको पार्टी जेडीयूले एनडीएसँग मिलेर सरकार बनाउने चर्चा छ ।

नितिशको राजीनामासँगै बिहारमा महागठबन्धन पनि टुटेको छ । योसँगै विपक्षी इन्डी गठबन्धनलाई पनि ठूलो झट्का लागेको छ । नितिशले भाजपासँग हात मिलाउने चर्चा छ । जसका कारण मोदी सरकारलाई चुनौती दिन केही महिनाअघि इन्डी गठबन्धनमा एकता भएका ठूला विपक्षी दलहरूले घाटा बेहोर्नुपरेको छ ।

बिहारमा महागठबन्धनले लोकसभा चुनाव सँगै लडेर भाजपालाई कडा टक्कर दिने प्रयास गरिरहेको थियो । तर, अब नितिश यस गठबन्धनबाट अलग भएपछि बिहारमा जेडीयूसँग चुनाव लड्ने कांग्रेस र राजदको सपना पनि चकनाचुर भएको छ । नितिशको यो निर्णयले लोकसभा चुनावमा इन्डी गठबन्धनलाई ठूलो नोक्सान पुर्‍याउन सक्छ ।

नितिश कुमार बाहिरिएपछि इन्डी गठबन्धन कमजोर भएको छ । गत वर्ष मतभिन्नतालाई पन्छाएर एकजुट भएका सबै विपक्षी दलहरूलाई अब भाजपासँग प्रतिस्पर्धा गर्न निकै गाह्रो हुनेछ । विपक्षी दललाई एकताबद्ध गराउन नितिशले महत्वपूर्ण भूमिका खेलेका थिए ।

गत हप्तादेखि इन्डी गठबन्धनमा आन्तरिक विवाद चलिरहेको थियो । नितिशअघि बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एक्लै चुनाव लड्ने कुरा गरेकी थिइन् । त्यस्तै, पञ्जाबमा पनि कांग्रेस र आम आदमी पार्टीबीच सिटको विषयमा वार्ता भएको छैन ।