२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासनिक सजगता बिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताउनु भयो । उहाँले घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको ध्यानाकर्षण त यो कार्यक्रममार्फत आफैँ भएको छ । यस फिल्मको निर्माणको सन्दर्भमा निर्माण भइसकेपछि यसलाई जब हामी प्रशारण गर्दछौँ, त्यसको सन्दर्भमा पनि ध्यानाकर्षण हुनेछ । तर त्यसबाहेक मैले यस सन्दर्भमा शिर्ष नेताहरुको तहमा प्रधानमन्त्रीजीलाई भेटेरै कुरा गर्नेछु । यस एजेण्डामा नै छलफल गर्नेछु । जतिबेला यो कानून ल्याइयो त्यतिबेला अहिलेका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँलाई यस विषयमा त्यतिबेला पनि थाहा छ । अहिले फेरि म उहाँको ध्यानाकर्षण पनि गराउँछु । अकेजेनली यस्ता मूहुर्तहरुमा, मूहुर्त मूहुर्तमा मात्रै स्मरण गर्ने गर्ने कुरा होइन । हाम्रो समाजमा अनवरत रुपमा प्रयास गरिनुपर्दछ ।’

‘यस्ता घटना हुन नपाउन् भनेर । यो प्रशासनिक सजगता बिना एसिडको उपलब्धता नै हुनु हुँदैन । के प्रयोजनका लागि कसरी भन्नेकुरा, कसले एसिड किनेको हो ? के प्रयोजनका लागि किनेको हो ? कुन मात्रामा किनेको हो ? र त्यसपछि त्यति मात्रा प्रयोग भयो की भएन ? के भयो ? त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रे उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ । जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसकोस् । उपलब्धै नहोस् । परिभाषित ढंगले मात्रै उपलब्ध होस् । उपलब्ध बिक्री भएपछि सकियो मात्रै होइन । यो तरकारी पसलबाट तरकारी किनेर ल्यायो । पकाएर खायो की फाल्यो उसले जान्दछ जस्तो कुरा होइन यो । कसरी, कहाँ र कति प्रयोग भयो ? भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्छ ।’

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरु कुनैपनि सजाय दिन सकिने स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल