१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आइपीएल २०२२ को लिलामीका लागि लिस्ट जारी

आइपीएल २०२२ को लिलामीका लागि लिस्ट जारी
अ अ+ अ-

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ का लागि खेलाडीको लिलामी सूची सार्वजनिक भएको छ । यसपालि जम्मा ५९० खेलाडीको बिडिङ हुनेछ । यसपटकको आइपीएल लिलामी दुई दिनसम्म चल्नेछ । खेलाडीको लिलामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । यो आईपीएलको १५ औँ सिजन हुनेछ र यस महत्वपूर्ण प्रतियोगितामा क्रिकेट जगत्का धेरै ठूला स्टारहरुले भाग लिनेछन् ।

यसपटक लिलामीमा दर्ता भएका ५९० खेलाडीमध्ये २२८ क्याप्ड र ३५५ अनक्याप्ड खेलाडी रहेका छन् । सात खेलाडी एसोसिएट देशका छन् ।

भारतका तर्फबाट श्रेयस अय्यर, शिखर धवन, आर.अश्विन, मोहम्मद शामी, इशान किशन, अजिङ्क्य रहाणे, सुरेश रैना, युजवेन्द्र चहल, वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, दीपक चाहर, इशान्त शर्मा, उमेश यादव आदि यो लिलामीमा सहभागी हुनेछन् ।

यससँगै फाफ डु प्लेसिस, डेभिड वार्नर, प्याट कमिन्स, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, जोनी बेयरस्टो, जेसन होल्डर, ड्वेन ब्राभो, शकिब अल हसन, वानिन्दु हसरंगा जस्ता क्रिकेट जगतका ठूला नामहरू पनि सहभागी हुनेछन्।

यसमा कुल १० फ्रेन्चाइजी टोलीहरू– चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, लखनउ सुपर जायन्ट्स र अहमदाबाद टोली सहभागी हुनेछन्।

कुल ४८ खेलाडीले दुई करोड भारुको उच्चतम रिजर्भ मूल्यको कोष्ठकमा आफूलाई राखेका छन्। बीस खेलाडी एक करोड ५० भारु कोष्ठमा छन्। ३४ खेलाडी १ करोड भारुको रिजर्भ मूल्यमा छन् ।

विदेशी खेलाडीमध्ये अष्ट्रेलियामा सबैभन्दा बढी ४७ जनाको नाम छ । वेस्ट इन्डिजका ३४ र दक्षिण अफ्रिकाका ३३ खेलाडी छन् । एसोसिएट देशमा नामिबियाका तीन, स्कटल्याण्डका दुई र नेपालका एक खेलाडी छन् ।

एक टोलीमा अधिकतम २५ खेलाडी हुन सक्छन् र विदेशी खेलाडीहरूको अधिकतम सङ्ख्या आठ हुन सक्छ। १० टोलीले ३३ खेलाडीलाई रिटेन वा ड्राफ्ट गरेका छन् अर्थात् लिलामीमा बढीमा २१७ खेलाडी बेच्न सकिनेछ ।

लिलामीअघि कोलकाताले दुई र पञ्जाबले एक विदेशी खेलाडी राखेका छन् भने अन्य सबै टोलीसँग १–१ खेलाडी छन् । लिलामीमा फ्रेन्चाइजीले बढीमा ७० विदेशी खेलाडी किन्न सक्नेछन् । पञ्जाब किंग्सको पर्समा सबैभन्दा बढी ७२ र दिल्लीको पर्समा सबैभन्दा कम ४७।५ करोड रुपैयाँ छ। फ्रान्चाइजीको कुल पर्स मूल्य ९० करोड रुपैयाँ छ।

सन्दीप लामिछानेको मूल्य भारु ४० लाख

यसैबीच  नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइपीएलमा २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन् ।

आइपीएलको मेगा अक्सनमा सन्दीपलाई कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने निश्चित हुने छ ।

नेपालबाट सन्दीपसहित १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएका थिए । आइपिएलको सर्ट लिष्टमा नेपालबाट सन्दीप मात्र मेगा अक्सनमा परेका हुन् । 

सन्दीपलाई सन् २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यस सिजनमा सन्दीपले अन्तिम तीन खेल खेल्दै पाँच विकेट लिएका थिए ।

सन् २०१९ मा ६ खेलमा सन्दीपले आठ विकेट लिएका थिए । सन् २०२० मा भने सन्दीपले मौका पाएनन् । सन् २०२१ मा भने सन्दीपले आफ्नो अक्सनमा मूल्य ४० लाख भारु राखे पनि कुनै पनि टोलीले मूल्य लगाएका थिएनन् ।