२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छ: माधब नेपाल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षदल नेकपा एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो “प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ । ”

अध्यक्ष नेपालले हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भएको धोकाबारे सत्ता गठबन्धनमा निर्मम ढंगबाट छलफल हुने बताउनु भयो । उहाँले यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको बताउनु भयो ।

तस्बिर : हरिराम भेटुवाल/रासस