• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

२०२४ मा घाना भ्रमण गर्ने अफ्रिकीहरूलाई भिसा आवश्यक नपर्ने



एजेन्सी । घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ ।

राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डोले यस्तो घोषणा गर्नुभएको हो । उहाँले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

यस वर्षबाट अन्त्यसम्ममा यो नीति लागू गर्न लागिएको बताउनु भयो । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको बताउनु भयो ।

नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमुलक हुनुपर्ने बताउनु भयो । उहाँले यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने बताउनु भयो ।