• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैनः अध्यक्ष दाहाल



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ ।

शहीद प्रतिष्ठान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकि रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिनुभयो । उहाँले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले त परिस्थिति के छ भने शहीद प्रतिष्ठान मात्रै होइन, पार्टीहरु एउटा मोर्चामा आउने परिस्थिति बन्दैछ । बाहिरका परिस्थितिले पनि हामीलाई समान विचार भएका, समाज इतिहास भएका, समान पीडा र भावनाबाट गुज्रिएकाहरु एकैठाउँमा आउनुपर्छ भनेर परिस्थितिले पनि दबाब दिएको छ । हामीले सचेत प्रयत्न पनि हामी समाजवादी मोर्चा हुँदै फेरि विचार मिल्नेहरु एउटै केन्द्रमा आवद्ध हुने पहल पनि हामीले बढाएका छौं । यहाँ भनियो नेतृत्व जन्माउन त जन्माउछ इतिहासले । जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने चाहीँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन ।

इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्ग संघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो । त्यसकारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकि छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् ।

उनीहरुले सबैलाई लगि हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्धारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भिर छौं । म शहीदप्रतिसहित सबै क्रान्तिकारी पक्षलाई म अपिल गर्न चाहन्छु–अब समय आयो । अब एकतावद्ध भएर गएनौ भने ठूलो दुर्घटना पनि हुनसक्छ । तपाई मुल नेतृत्वप्रति र आफनो कर्तव्यप्रति उदासिन भएको म पाउँछु ।’

प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमाथि उदासिन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । कार्यक्रममा उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल