२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

एलआईसी नेपालको एजीएम सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

एलआईसी नेपालको एजीएम सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
अ अ+ अ-

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को १८औं वार्षिक साधारण सभा (एजीएम) आज सम्पन्न भएको छ । साधारण सभाले आव २०७५/७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । 

लाभांश पारित अन्तर्गत १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पारित भएको छ । आव २०७५/७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । 

२०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आव २०७५/७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमा शूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो । 

उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एकजना पब्लिक डाइरेक्टरमा श्रीमती कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । यस सभामा अन्य संचालकहरु मुकेशकुमार गुप्ता, अशोककुमार अग्रवाल, कुमारकेशर विष्ट, भिके कुक्रेजा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद (एलपी) दासको उपस्थित रहेको थियो । 

कम्पनीका अध्यक्ष एमआर कुमारले एलआईसी नेपालको १९औं (आव २०७६/७७० वार्षिक साधारण सभा पनि चाँडो सम्पन्न गरिने बताउँनु भयो । साथै आव २०७६/७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको बताउनुभयो। 

चालु आव २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमा शुल्क आर्जनमा २०.२४ प्रतिशतको बृद्धिदरका साथ कूल बीमा शुल्क आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराउनुभयो ।