८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निर्वाचन प्रचारका क्रममा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान र पीटीआई

निर्वाचन प्रचारका क्रममा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान र पीटीआई
अ अ+ अ-

एजेन्सी । क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुख्र्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय हुनुहुन्छ ।

सडकमा टाँसिएका राजनीतिक पोस्टरमा उहाँको अनुहार देखिँदैन र उहाँको दलको झण्डा भेटिँदैन ।

पाकिस्तानको शक्तिशाली सेनाको सहयोग देखिएको वर्तमान् सरकारले व्यापक रूपमा गरेकोे निरन्तर कारबाहीका कारण पूर्वप्रधानमन्त्री खान र उहाँको पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० पार्टी मतदान अघि चुनावी अभियानमा लगभग छायाँमा परेको छ ।

मियाँवालीबाट पीटीआईका लागि पूर्वप्रधानमन्त्री खानको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेका ६१ वर्षीय जमाल अहसान खान भन्नुहुन्छ, “हाम्रा पार्टीका कार्यकर्ताहरूले उत्पीडनको सामना गरिरहेका छन् र मलाई व्यक्तिगत रूपमा ज्यान मार्ने धम्की आएको छ ।”

“मैले आफ्नो जीवनकालमा यो जस्तो दवावमुलक र चेतावनीपूर्ण निर्वाचनको कहिल्यै अनुभव गरेको थिइन ।”

दर्जनौं कानुनी चुनौतीको सामना गरिरहेका खानलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएका कारण फेब्रुअरी ८ मा चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

देशभर, पीटीआईलाई ¥याली आयोजना गर्न अवरोध गरिएको छ र पीटीआईका कार्यक्रम तथा प्रचार अभियानलाई व्यापक सेन्सर गरिएको छ भने सञ्चारमाध्यमलाई विपक्षीहरूको कार्यक्रमहरूका रिपोर्टमा प्रतिबन्ध लगाइएको छ । उहाँले पार्टीको अभियानलाई लगभग पूर्ण रूपमा अनलाइनमा धकेल्नेछ ।

निर्वाचन आयोगले देशभरका दर्जनौँ उम्मेदवारको मनोनयनपत्रसमेत अस्वीकृत गरिसकेको छ ।

पार्टीका अन्य उम्मेदवारहरू जस्तै, वफादार अहसान खान पनि चुनावको तयारीको दौडान मा नै पनि खुलारूपमा सभाहरू गर्न वा पर्चाहरू वितरण गर्न असमर्थ देखिनुहुन्छ ।

उहाँले एएफपीसँग भन्नुभयो, “पाकिस्तानको प्रमुख राजनीतिक दलको उम्मेदवारको हैसियतले मैले आफ्नो चुनावी अभियानलाई अर्थपूर्ण रूपमा सञ्चालन गर्न नसक्नु दुःखद् भएको छ ।

मतदान हुन दुई हप्ता बाँकी छ, २४ करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा सामान्यतया चुनाव हुने उत्साह र उमङ्गमा कोही पनि छैन ।

– स्थानीयका लागि खान नायक–

पञ्जाबको मध्य प्रान्तको ग्रामीण जिल्ला मियाँवालीबाट खानले आफ्नो राजनीतिक जीवनको शुरूवात गर्दै तीन पटक सांसदको रूपमा निर्वाचित हुनुभएको छ ।

सन् २०१८ मा पीटीआईको राष्ट्रिय विजय, भ्रष्टाचार र पुस्तौंदेखि देशमा शासन गर्दै आएको पारिवारिक वंशवादको अन्त्य गर्ने वाचाबाट प्रेरित भएका उहाँ र पीटीआई गठबन्धनलाई पाकिस्तानी जनताले प्रधानमन्त्री बन्ने जनमत दिएका थिए ।

स्थानीय पत्रिका नवा–ए–शरार वा डेली स्पार्कका प्रधान सम्पादक राना अमजद इक्बालले एएफपीसँग भन्नुभयो, “मियाँवालीमा उहाँले विशेष गरी एक अस्पताल र एक विश्वविद्यालय स्थापनार्थ महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । एकहत्तर वसन्त पार गरेका उहाँ ‘राजनीतिक व्यक्तित्व मात्र हुनुहुन्न, उहाँ पाकिस्तानी जनताका नायक हुनुहुन्छ ।”

“उहाँको स्थायी राजनीतिक सान्दर्भिकताको प्राथमिक र सबैभन्दा महत्वपूर्ण कारण उहाँको संस्थापन विरोधी अडान हो,” इक्बालले भन्नुभयो ।

खानलाई व्यापक रूपमा सेनाको समर्थन प्राप्त भएको विश्वास गरिएको थियो, तर उहाँको नेतृत्वको समयमा उहाँले पाकिस्तानी राजनीतिमा शक्तिशाली जनरलहरूको नियन्त्रणविरूद्ध गतिविधि अघि बढाउनुभयो ।

अन्ततः उहाँले आफ्नो पक्ष गुमाउनुभयो र सन् २०२२ मा संसद्को अविश्वासको मतमा उहाँका दर्जनौं सांसद्हरूले दल त्याग गरेपछि उहाँलाई पदच्युत गरियो ।

सन् २०२३ को मे महिनामा उहाँको गिरफ्तारीले समर्थकहरूलाई सडकमा ल्यायो । उनीहरूले सैन्य प्रतीकहरूको विरोधमा प्रदर्शन गरे ।

हजारौं समर्थकहरूलाई गिरफ्तार गरिएको थियो मियाँवालीका आधाभन्दा बढी (करिब १००)नेताहरूको मुद्दाको सुनुवाई सैन्य अदालतहरूमा पर्खाइमा रहेका छन् । पार्टीका वरिष्ठ नेताहरूलाई हिरासतमा लिइएको थियो र पक्राउ नपरेकामध्ये दर्जनौँलाई निर्बाचनमा भाग लिनुअघि भूमिगत हुन बाध्य पारिएको थियो ।

अवकाशप्राप्त शिक्षक एजाज खानले खान अझै पनि जनतामाझ लोकप्रिय रहेको तर सेनाका लागि उहाँ अस्वीकार्य रहेको बताउनुभयो ।

– पीटीआईलाई निर्वाचन अभियानबाट नै किनारा –

यसै महिनाको सुरुमा सर्वोच्च अदालतले पीटीआईलाई आफ्नो चुनाव चिन्ह क्रिकेट ब्याटबाट चुनाव लड्न प्रतिबन्ध लगाएपछि पीटीआईलाई ठूलो झट्का लागेको थियो ।

लाखौं मानिस पढ्न र लेख्न नसक्ने देशमा मतदाताका लागि आफ्नो मनपर्ने पार्टी र उम्मेदवार चिन्नका लागि चुनाव चिह्न महत्वपूर्ण हुन्छ ।

निर्वाचन आयोगले यसको सट्टा अहसान खानलाई बोतल प्रयोग गर्न आदेश दियो, जुन चिन्ह्लाई ग्रामीण क्षेत्रहरूमा तिरस्कारको साथ हेरिन्छ किनभने यो रक्सीसँग सम्बन्धित छ ।

मियाँवालीमा खानका प्रतिद्वन्द्वी ओबैद उल्लाह खान आफ्नो प्रतिद्वन्द्वी राजनीतिक दललाई दिइएको सजायप्रति उदासीन हुनुहुन्छ ।

“अहिले होइन भने यो कहिले न्यायोचित हुन्छ?” उहाँले भन्नुभयो ।

पाकिस्तान मुस्लिम लीग (पीएमएल–एन) को तर्फबाट उम्मेदवारी दिएका उल्लाह खान पीटीआईका उम्मेदवारको विपक्षमा आफ्नो अभियान लिएर गाउमा पस्नुभएको छ तर उहाँको अभियानलाई स्थानीय मतदाताले रूचाएको देखिँदैन । उहाँले गाउँलेहरूसँग खुलेर भेट्नुहुन्छ । नेताहरूले उहाँलाई भविष्यको अनुकूलताको आशामा सम्पूर्ण समुदायको समर्थनको आश्वासन दिन्छन् ।

पीएमएल–एन अर्का पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी हो, जसलाई सन् २०१८ को चुनावअघि जेलमा राखिएको थियो र पछि स्व–निर्वासनमा जान बाध्य पारिएको थियो ।

विश्लेषकहरु भन्छन्, “खानको ‘पतन’पछि पाकिस्तानमा पूर्वप्रधानमन्त्री शरीफको चर्चा चुलिएको छ । शरिफलाई पाकिस्तानी संस्थापन पक्ष र सेनाको काख फिर्ता भएको छ ।”
चुनावी अभियानबाट अलग्गिए पनि मतदाताले खानप्रतिको आकर्षण गुमाएका छैनन् ।

निर्वाचनमा पहिलो पटक मतदान गर्न योग्य युवाहरूले खानलाई नै पाकिस्तानको राजनीतिको खम्बा (नायक) मानेका छन् ।

कम्प्युटर साइन्सका २३ वर्षीय विद्यार्थी हन्जाला बिन शकीलले पहिलो पटक मतदान गर्ने बताउँदै भन्नुभयो, “म इमरान खानलाई भोट दिनेछु किनभने उहाँ एक मात्र व्यक्ति हुन् जसले वास्तवमा यो देशको चिन्ता गर्नुहुन्छ भने अरूले आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन् ।”

निर्बाचनमा पीटीआईले खासै प्रचार नगरे पनि पीटीआईको आधार क्षेत्रमा अन्य दलको विजय हुने सम्भावना कम देखिएको विश्लेषकहरू बताउँछन् ।

पाकिस्तानको अहिलेको निर्वाचन त्रिपक्षीय लडाईमा नै सीमित भएको छ । सरिफको पीएमएल–एन, खानको पीटीआई र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)बीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ ।