१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

अर्थ समितिमा सांसदहरु: १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति (भिडियो सहित)

अर्थ समितिमा सांसदहरु: १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन ।मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गर्नु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गर्नु भयो । उहाँले काठमाडौंमा सधैं माईग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताउनु भयो । सांसद पाण्डेले भन्नु भयो,  ‘काठमाडौंमा जहिले पनि माईग्रेसन बढि हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माईग्रेशन संघीयताले पनि रोकेको छैन । उता अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो रु यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएनकि । या अस्थायी रुपले माईग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि रु केही त जष्टिफिकेशन हुनु पर्यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ रु त्यो बेला घर फर्किएकी । नत्रभने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउथ्यो ।’

काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गर्नु भयो । उहाँले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ रु भनि केन्द्रिय तथ्यांक विभागलाई प्रश्न गर्नु भयो । सांसद राईले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाउनु भयो । उहाँले भन्नु भयो, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन । र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त रु पहिले जनगणना हुँदाखेरी घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जेन्टसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति रु सबै तथ्यांक लिइन्थ्यो । यो कुराहरु मैले मेरो टोलमा पाईन । तर यसलाई सिरियस्ली रुपमा राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ रु त्यो पनि आउनु पर्यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु प¥यो । मलाई लाग्छ, फेरी पनि पुनर्गणना ग¥यो भने सही तथ्यांक आउँछ ।’

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताउनु भयो । उहाँले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताउनु भयो ।