१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौँमा यो बर्षकै चिसो, तापक्रम २ डिग्रीमा झर्यो



अ+ अ-

काठमाडौँ । आजको काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा चिसो भएको छ । आज यो वर्षकै सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ ।

जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेको थियो । आज न्युनतम पनि तल झरेको छ । राजधानीमा पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो भएको छ ।

सबै भन्दा कम तापक्रम आज जोमसोममा भएको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री रहेको छ । मौसम पूर्वानुमान महाशाखाले राजधानीको ताफक्रम घट्दो रुपमा रहेको जनाएको छ ।