११ असार २०८३, बिहीबार
,
Latest
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौँमा यो बर्षकै चिसो, तापक्रम २ डिग्रीमा झर्यो



अ+ अ-

काठमाडौँ । आजको काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा चिसो भएको छ । आज यो वर्षकै सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ ।

जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेको थियो । आज न्युनतम पनि तल झरेको छ । राजधानीमा पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो भएको छ ।

सबै भन्दा कम तापक्रम आज जोमसोममा भएको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री रहेको छ । मौसम पूर्वानुमान महाशाखाले राजधानीको ताफक्रम घट्दो रुपमा रहेको जनाएको छ ।