२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ वर्षको उमेरमा चम्कियो बबी देओलको करियरः तीन ठूला फिल्ममा देखिने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता बबी देओलले आज ५५ औं जन्मदिन मनाउँदैछन् । गत वर्ष बबीले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हात पारेका थिए । फिल्म ‘एनिमल’ मार्फत उनले आफ्नो २८ वर्षको करियरमा पहिलो ब्लकबस्टर फिल्म पाए ।

यस फिल्ममा बबीले सानो नकारात्मक भूमिका खेलेका थिए तर त्यसका बाबजुद पनि उनले त्यति लोकप्रियता पाएका थिए जुन अहिलेसम्म पाएका छैनन् ।

फिल्म उद्योगले अहिले बबीलाई पूर्ण हृदयले अँगालेको छ । बबीसँग बलिउड, साउथ फिल्म इन्डस्ट्री र ओटीटीका धेरै ठूला प्रोजेक्टहरू छन् ।

एनिमल २ः फिल्म एनिमलमा बबीको क्यारेक्टर अबरार मारिएको थियो । तर यो क्यारेक्टर यति लोकप्रिय भयो कि अब निर्माता फिल्म ‘एनिमल २’ को दोस्रो पार्टमा बबीको रोल फिट गर्ने प्रयासमा छन् । ‘एनिमल २’ मा बबीको क्यारेक्टर अझ शक्तिशाली बन्ने अनुमान गरिएको छ ।

कंगुवाः बबीले यस मार्फत तमिलमा डेब्यु गर्नेछन् । फिल्ममा साउथ स्टार सूर्या मुख्य भूमिकामा छन् भने बबी खलनायकको भूमिकामा देखिनेछन् । बबीले यस रोलको बारेमा एक अन्तर्वार्तामा भनेका थिए कि फिल्ममा उनको कहिल्यै नदेखेको अवतार हुनेछ । कंगुवा यस वर्षको अन्त्यमा रिलिज हुन सक्छ ।

NBK109: यो एक तेलुगु फिल्म हो जसमा बबी खलनायकको भूमिकामा देखिनेछन् । यो साउथका दिग्गज अभिनेता नन्दमुरी बालकृष्णको १०९ औं फिल्म हो । चलचित्रको छायांकन गत वर्ष नोभेम्बरमा सुरु भएको थियो ।

आश्रम सीजन ४ः एनिमल भन्दा पहिले, बबी देओलको करियरले आश्रम वेब सिरिजबाट नयाँ जीवन पायो । यस सिरिजका अहिलेसम्म तीन सिजन भइसकेका छन् र अब चौथो सिजन पनि २०२४ मा रिलिज हुँदैछ । सिरिजमा बाबा निरालाको भूमिकामा बबीको निकै प्रशंसा भएको थियो ।

स्टारडमः शाहरुखका छोरा आर्यनले निर्देशनमा डेब्यु गर्दैछन् । उनले स्टारडम नामको वेबसिरिज बनाइरहेका छन् जसमा बबी पनि देखिनेछन् ।