२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

प्रतिबद्धता गरेजति खोप नआउँदा खोप अभियानमा धक्का

प्रतिबद्धता गरेजति खोप नआउँदा खोप अभियानमा धक्का
अ अ+ अ-

काठमाडौं । कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ। कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।  

कोभ्याक्सले दिने भनेको र भारतबाट खरिद गरेर ल्याउने भनेको खोप पूरा नआएपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र दिन थालिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा। झलक गौतमले बताए। ‘कोभ्याक्सको पूरा खोप आएन, नेपालले भारतबाट खरिद गरी ल्याउने भनेको खोप पनि पूरा नआएपछि खोप दिने उमेर समूह संशोधन गर्‍यौं’, उनले भने।

खोप नपुगेपछि पूर्वघोषित उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। ‘भनेजति खोप आउन नसकेपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र खोप दिन सुरु गर्‍यौं’, उनले भने। नेपाल आफैंले भारतबाट खरिद गरेर ल्याउने खोप मार्चभित्र आउने संकेत मिलेको छ। कोभिसिल्ड खोप नेपाल आइपुगेको अवस्थामा नेपालसित दोस्रो चरणमा जम्मा २३ लाख ४० हजार खोप हुनेछ।  

चीनले अनुदानस्वरूप दिने भनिएको ५ लाख डोज खोप आउने कुरा पनि अहिलेसम्म निश्चित नभएको डा। उप्रेतीले बताए। नागरिक दैनिकमा समाचार छ ।