२० आश्विन २०८१, आईतवार
,
Latest
नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘रामायण’मा विजय सेतुपतिले विभिषणको भूमिका निभाउनेछन् ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय सेतुपति यतिबेला आफ्नो फिल्म ‘मेरी क्रिसमस’लाई लिएर चर्चामा छन् । यस फिल्ममा विजयसँग कट्रिना कैफ देखिएकी छिन् । यो फिल्मपछि अब विजय सेतुपति फिल्म ‘रामायण’मा देखिने खबर बाहिर आएको छ ।

नितेश तिवारीको बहुप्रतिक्षित फिल्म ‘रामायण’ले सन् २०२४ मा रिलिजको लागि निकै उत्साह पैदा गरेको छ । यस फिल्ममा रणवीर कपुर, साई पल्लवी र यशको अभिनय रहेको खबर पहिले नै बाहिर आएको छ । फिल्मको स्टार कास्टमा विजय सेतुपति पनि सामेल भएको खबर छ ।

मिडिया रिपोर्टका अनुसार विजय सेतुपति रामायणमा विभिषणको भूमिकामा देखिन सक्नेछन् । समाचारका अनुसार नितिश र विजयबीच छलफल चलिरहेको छ, जसमा विजयले रावणको भाइको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । नितिश तिवारीले हालै विजयसँग फिल्मको कथाबारे छलफल गर्न भेट गरेको बताइएको छ ।

फिल्मको स्टार कास्ट फाइनल गरेपछि फिल्मको छायांकन मार्च २०२४ मा सुरु हुनसक्छ । दर्शकहरु यो चलचित्रको प्रतिक्षामा छन् । फ्यानहरू रणवीर कपूरलाई भगवान रामको भूमिकामा हेर्न निकै उत्सुक छन् ।