• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

दबाबमा अफगानिस्तान, नेपाललाई चौथो सफलता



काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल जारी छ । आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले सानदार सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले चौंथो विकेट गुमाएको छ । अफगानिस्तानले चौंथो विकेटको रुपमा शोहेल खान जुर्मतीलाई गुमाएको हो ।

नेपालका आकाश चन्दले उनलाई आउट पारे । आकाशको यो दोस्रो विकेट हो । यसअघि उनले जमशिद जाद्रनलाई पनि आउट पारेका थिए । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ८.१ ओभरमा ४ विकेटको क्षतिमा २८ रन जोडेको छ ।