२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ
अ अ+ अ-

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिनुभयो । 

साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उहाँले बताउनुभयो । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ । 
सफाइमा नेपाली  सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक  प्रहरी, पर्यटक प्रहरी, अधिकार  सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति,  तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत  विभिन्न  सङ्घ संस्थाको सक्रियतामा सफाइ गरिएको उपसमितिका सचिव भावना पराजुलीले बताउनुभयो । 

सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइमा काली दल गणका प्रमुख सेनानी दिनेश बानियाँ नेतृत्वको समूह, कोषका निर्देशक भोलाप्रसाद सिटौलालगायत अधिकारीको पनि सक्रियता थियो । यसअघि गत शनिबार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो । 

महाअभियानले आगामी फागुन २९ गते शनिबार पनि ४०९औँ हप्ताको वागमती सफाइ पशुपति क्षेत्रमै गर्ने उद्घोष गरेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले सुनाउनुभयो ।