• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

अभिनेता प्रदीप खड्काको आज जन्म दिन, कति वर्ष पुगे ?



काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काको आज (बुधबार) जन्मदिन परेको छ । 

निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको फिल्म प्रेमगीतबाट चर्चामा आएका उनको फिल्म लिलिबिली, रोज, लभ स्टेशन पनि दर्शकले निकै रुचाएका थिए । पछिल्लो समय उनी नेपाली फिल्मका महंगा अभिनेतामा पनि गनिन्छन् ।

उनी आजबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा जन्मिएका उनी पछिल्लो समयमा चलचित्रमा जमेका अभिनेता हुन् ।

सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका प्रदीपलाई नेपाली चलचित्र क्षेत्रमा धेरै पढ्ने अभिनेताकोरुपमा पनि चिनिन्छ ।

अब उनको फिल्म प्रेमगीत ३ प्रदर्शनमा आउँदैछ । उनी अब छिट्टै नै फिल्म प्रकाशनमा व्यस्त हुँदैछन् ।