२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

साम्बाला होटलमा प्रचण्डको कोसँग भेट भयो ?

साम्बाला होटलमा प्रचण्डको कोसँग भेट भयो ?
अ अ+ अ-

यतिखेर नेपालको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । सर्वाेच्च अदालतले करिब तीन वर्ष अघि एकीकरण भएको नेकपालाई एकीकरण अघिको अवस्थामा पुर्याइदिएसँगै सत्ताको चलखेल पनि शुरु भएको हो । 

सो फैसलापछि नेकपा विसं २०७५ जेठ ३ गतेकै अवस्थामा पुगेको छ । जसका कारण अहिलेको सरकार अब नेकपा एमालेको मात्र बन्न पुगेको छ । एमाले मात्रको सरकार रहँँदा यो अल्पमतमा परेको छ । यो सरकार अब माओवदी केन्द्रको समर्थनमा रहेको नेकपा एमालेको सरकार बन्न पुगेको छ । 

एमालेका सांसद संख्या १२१ जना मात्र रहेका छन् भने यस सरकारलाई ५३ सिट संख्याको माओवादीको समर्थन रहेको छ । अब त्यो समर्थन पनि नरहने अवस्थाको बारेमा माओवादी केन्द्रले जानकारी गराएपछि सत्ता जोगाउन प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री ओलीलाई फाल्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि पर्नुभएको छ । 

यता नेपाली काँग्रेस भने अझै पनि कुन पक्षमा रहने भन्ने बारेमा केही खुलेको छैन । एमालेले जनता समाजवादी पार्टीसँग सत्ता गठबन्धनको प्रक्रिया नै थालेको छ । 

उता प्रचण्ड पनि ओली सरकारका विरुद्धमा खुलेरै लाग्नुभएको छ । नेपाली काँग्रेस र जसपासँग उहाँ पनि सम्पर्कमा हुनुहुन्छ र ती दलका नेता भेट्दै हिँड्नुभएको छ । 

तथापि, नेपाली काँग्रेस र माओवादी केन्द्र मात्रले सरकार बन्दैन । उनीहरुलाई अझै २० भन्दा बढी सांसद आवश्यक पर्छ । जसपाको ३४ सिट संख्या छ तर पनि उनीहरुमा पनि फुट आउने देखिएको छ । 

किनभने महन्थ ठाकुरले ओलीसँगको भेटघाटलाई बढाएका छन् भने अर्का नेता उपेन्द्र यादव र प्रचण्ड यसको विपक्षमा छन् । त्यसैले यो दल सरकारमा गए पनि एक भएर होइन कि फुटेर जाने स्पष्ट देखिएको छ । 

यसै मेसोमा मंगलबार साँझ पनि प्रचण्डले बुढानिलकण्ठ नै पुगेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएको थियो । उहाँ देउवा निवास पुगेर करिब आधा घन्टा त्यहाँ बस्नुभएको थियो । 

तर उहाँले हिजो नै भेट गरेको अर्काे व्यक्तिका बारेमा भने केही खुलेको छैन । हिजो साँझ बूढानिलकण्ठमा देउवालाई भेटेर निस्कनुभएका अध्यक्ष प्रचण्ड महाराजगञ्ज,नारायणगोपाल चोकको नजिक रहेको साम्बाला होटलमा पुगेरै एक महत्वपूर्ण भेट गर्नुभएको समाचार स्रोतले बताएको छ । 

उहाँ साँझ सो होटलमा करिब ४० मिनेट बस्नुभएको थियो । प्रचण्डले डा बाबुराम भट्टराईलाई भेट्न टोखा पुग्नुभएको थियो र त्यस अघि उहाँले साम्बालामा एउटा भेट गर्नुभएको थियो । 

तर उहाँले सो होटलमा कसलाई भेट्नुभयो भन्ने षियमा भने अहिलेसम्म केही खुलेको छैन ।