काठमाडौं । महाशिवरात्री तथा सेना दिवस-२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासीक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना भएको 'लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस' प्रतियोगितामा मिति २०७७/११/२४ गते मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त दौड प्रतियोगिताको दौरान नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे न।पा।का मेयर, प्रमुख जिल्ला अधिकारी, भोटेकोशी गा.पा. र ईन्द्रावति गा.पा.का अध्यक्ष, जनप्रतिनिधिहरु, बिशेष अतिथि बैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न व्यावसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।
साथै, २१६ जना पुरुष, २५ जना महिला तथा २ जना बिदेशी नागरिक गरी जम्मा २४३ जना खेलाडीहरु सहभागी भएको उक्त दौड प्रतियोगिताको नतिजा तथा पुरस्कार विवरण यसैसाथ संलग्न परिशिष्ट 'क' अनुसार भएको व्यहोरा समेत जानकारी गराइन्छ ।











