• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

कोशी प्रदेशमा गठबन्धनलाई धक्का: एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी



काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनुभएको छ ।

उहाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

यो पनि पढ्नुहोसराष्ट्रियसभा चुनावमा चित्त नबुझाए ‘कोशी विद्रोह’ गर्ने शेखर समूहको तयारी

कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीय तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।