११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा चुनावमा चित्त नबुझाए ‘कोशी विद्रोह’ गर्ने शेखर समूहको तयारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा ‘कोशी विद्रोह’ पुन: दोहोरिने संकेत देखिएको छ । कोशी प्रदेशमा सभापति शेरबहादुर देउवाको आदेश विपरीत केदार कार्कीलाई मुख्यमन्त्री बनाउन काँग्रेसको इतर पक्षका नेता शेखर कोइरालाको समूह एमालेसँग मिलेको थियो । त्यस्तै विद्रोह आसन्न राष्ट्रियसभा निर्वाचनमा पनि गर्ने तयारी सो समूहले गरेको थाहा भएको छ । हालै बसेको शेखर समूहको अलग्गै बैठकमा यस विषयमा छलफल समेत भएको एक सदस्यले न्युजपोलारलाई जानकारी दिए ।

ती सदस्यका अनुसार सो भेलापछि पनि नेताहरु शेखर र गगन थापा पुन: बसेका थिए र यस विषयमा आवश्यक छलफल पनि गरेका थिए । अहिलेलाई विद्रोह नै नगर्ने तर आगामी सो निर्वाचनमा खाली रहेका २० मध्ये काँग्रेसले १० सिट लिनुपर्ने  (राष्ट्रपतिबाट मनोनित एक समेत गरी)   र शेखर समूहको सिफारिशका ५ जनालाई पार्टीले टिकट दिनुपर्ने उनीहरुको सर्त रहेको छ । यदि त्यसो भएन भने आफ्नो पक्षका उम्मेदबारलाई मात्र भोट दिने र बाँकीमा विद्रोह गर्ने तयारी शेखर समूहको रहेको ती सदस्यको भनाई छ ।

तर यता देउवाले भने शेखर समूहका लाई तीन सिट दिने र ती तीनमा पनि शेखरका खास एकजना र बाँकी दुई जना दुवैतर्फका साझा जस्ता व्यक्तिलाई दिने रणनीति देउवा पक्षको छ ।देउवाले कोशीबाट कृष्ण सिटौला , गण्डकीबाट गोपालमान श्रेष्ठ तथा बाग्मतीबाट अरुण कुमार सुबेदीलाई उम्मेदबार बनाउने तयारी गर्नुभएको जनाईएको छ । देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहनु भएका सुवेदीलाई शेखरको कोटामा राख्ने तयारी गर्नुभएको छ ।  यो थाहा पाएको शेखर समूह त्यो हुन नदिने अडानमा देखिएको छ ।

विद्रोहको मोडलका बारेमा छलफल जारी रहेको पनि थाहा भएको छ । शेखर समूहमै यस विषयमा छलफल भएको बताइएको छ । विद्रोहको मोडल अन्तर्गत आफ्ना उम्मेदबारलाई मात्र भोट दिएर खाली छोड्ने कि एमालेसँगै मिलेर कोशीको जस्तै विद्रोह गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । यदि एमालेसँग मिल्ने हो भने एमालेले शेखरका उम्मेदबारलाई भोट दिने र शेखर समूहका मतदाताले एमाले उम्मेदबारले भोट दिने हुनसक्छ । तर यो मोडालिटी भने निश्चित भएको छैन ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनकै तर्फबाट उम्मेदबार बन्ने भने निश्चित भएको छ । सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच यस विषयमा पटक पटक कुराकानी भएको छ । काँग्रेसले १० सिट लिएर माओवादीलाई ५ दिने प्रस्ताव देउवाको रहेको बुझिएको छ । त्यस्तै माधव नेपाललाई दुई सिट र अरु तीन सिट बाँडफाँट हुने प्रारम्भिक सहमति भएको बुझिएको छ ।

आसन्न निर्वाचनका बारेमा विवाद हुने र बैठकमा असहमतिका स्वरहरु राख्दा विद्रोह हुनसक्ने ठानेर नै सभापति देउवा अर्थात् संस्थापन पक्षले महासमिति बैठक सारेको अनुमान यसअघि नै गरिएको छ । पछिल्लो समयमा शेखर समूहमा गगन र विश्वप्रकाश विश्वासिलो रुपमा भित्रिएपछि देउवालाई आगामी दिनमा हम्मे हम्मे पर्न सक्ने देखिएको छ । उनीहरु पार्टीको संसदीय दलको नेता फेर्ने अभियानमा लागि नै सकेकाले देउवा पक्षकालाई समस्या पर्ने देखिएको हो ।