• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

राष्ट्रियसभा निर्वाचन: मतदान सकियो, नतिजा आजै आउने



सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस

काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएको मतदान सम्पन्न भएको छ ।

सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा सदस्य पदमध्ये १९ पदका लागि भएको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा कोशी प्रदेशमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए ।

मधेस प्रदेशमा एक जना मतदाता बाहेक १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुखले मतदान गरे ।

त्यस्तै, वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना अनुपस्थित भए । गण्डकीमा २२९ जनाले मतदान गर्दा लुम्बिनीमा ३०३जनाले भोट हाले । कर्णालीमा शत प्रतिशत १९६ जना र सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।

मतदान सकिए लगत्तै मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।