१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा मतदान सम्पन्न, सवा ३ बजेदेखि मतगणना



अ+ अ-

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।

१०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७३ मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मधेशमा प्रदेश सांसद अभिराम शर्मा भने मतदानमा सहभागी छैनन् । अभिरामलाई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको फैसला गरेको थियो ।

यस्तै, सवा तीन बजेदेखि मतगणना सुरु गर्नेगरी छलफल भइरहेको जसपाका प्रदेश सांसद राम सहाय यादवले जानकारी दिए ।

मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।