२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा ६ मत खस्न बाँकी



अ+ अ-

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा ६ मत खस्न बाँकी रहेको छ ।

निर्वाचनमा दुई जनाप्रदेश सांसद र चार जना स्थानीय तह बाँकि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा ११० प्रदेश सांसदहरुमध्ये १०८ जना र २३७ स्थानीय तहमध्ये २३३ जनाले मतदान गरिसकेका छन् ।

कार्यव्यस्तताका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मतदानमा सहभागि नहुने उनका स्वकीय सचिव भूपदेव शाहले बताएका छन् । यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ पनि मतदानको लागि नआउने बुझिएको छ ।

राष्ट्रियसभा चुनावमा बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।