२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा मतदान सकियो, शतप्रतिशतले भोट हाले



सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस
अ+ अ-

सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि भएको निर्वाचनमा शतप्रतिशत भोट खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरू भएको मतदानमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरी १९६ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा दलित, महिला र अन्य गरी तीन पदका लागि गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (अन्य), नेकपा माओवादीका विष्णु बहादुर विक (दलित) र एकीकृत समाजवादीकी सावित्री मल्ल(महिला) उम्मेदवार छन् । एमालेबाट विमलाकुमारी शाही (महिला), डिल्लीप्रसाद भट्ट(अन्य) र हिक्मत विक (दलित) उम्मेदवार छन् ।