२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९।२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चारको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । व्यापार १६.३, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र जीवन बीमा १५.६१ ले घटेको छ । यस्तै, बैंकिङ ५.३, विकास बैंक ८१.३९, जलविद्युत् १०९।९४, वित्त ३७.११, निर्जीवन बीमा ९१.८६, अन्य १, लघुवित्त ४९.६६, सामूहिक लगानी कोष ०.२४ र लगानी ०.११ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड एक लाख ४१ हजार ७०१ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ३७ करोड १४ लाख ४५ हजार ५६६, अपि पावर कम्पनी रु ३५ करोड सात लाख ९५ हजार ७७९, माथिल्लो तामाकोशी रु ३४ करोड २७ हजार २१९ र एचआइडीसीएल रु ३० करोड चार लाख ८४ हजार ३९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

यस्तै, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेशनल हाइड्रोपावर ७.५०, फरवार्ड माइक्रो फाइनान्स ७.२५ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाएको नेप्सेले जनाएको छ । यस्तै, नेरुडे लघुवित्त ३.१७, मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।