२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता लिन माग

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता लिन माग
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका छन् ।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताउनु भयो । उहाँले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गर्नुभयो । संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाउनु भयो । उहाँले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताउनु भयो ।

उहाँले महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत भएको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको बताउनु भयो । उहाँले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने बताउनु भयो । उहाँले मेयरले हात हाल्न नहुने क्षेत्रमा हात हालेको बताउनु भयो । उहाँले महानगरले नि:शुल्क पार्किङ सहितको व्यवस्थाको योजना बनाएर आउनुपर्ने बताउनु भयो । उहाँले महानगरले विकल्प नदिए न्युरोडका व्यवसायीहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । व्यवसायीहरुले संघर्ष समिति बनाएर अगाडि बढेकाले अझ आन्दोलनलाई सशक्त बनाउने योजना रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिकाले विकल्प नदिई जुन विगतको व्यवस्था खारेज गर्दा न्युरोड क्षेत्रका व्यवसायीहरु धरासायी हुने अवस्था छ । न्युरोड क्षेत्रमा पार्किङ हटाउँदा यो क्षेत्रका व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आएको छ । महानगरपालिकाले व्यवसायिक संस्था,स्थानीय क्लव र स्थानीयवासीहरुसँग समन्वय गरेर पार्किङ बन्द गरेको भए उचित हुने थियो । महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत गरेको छ । त्यसैको बिरुद्धमा व्यवसायीहरुको आन्दोलन हो । अनावश्यक रुपमा न्यरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम महानगरले गरेको छ । विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहन्छ ।’

‘काठमाडौं महानगरपालिकाका मेयरले हात हाल्न नहुने क्षेत्रमा हात हाल्नुभयो । दरबारमार्ग थोरै व्यवसायीहरु भएको क्षेत्र थियो तर न्युरोड देशकै व्यापारको मुटु हो । व्यवसायीहरुका सबै संस्थाहरु आन्दोलन गरेको अवस्था छैन । महानगरपालिकाले नि:शुल्क पार्किङ सहितको व्यवस्था योजना बनाएर आउनु र्छ । अन्य क्षेत्रको जस्तो न्युरोडका व्यवसायीहरु चुप लागेर बस्दैनन् । यहाँ सबै व्यवसायीहरु मिलेर आन्दोलनको आँधीबेरी ल्याउँछौं । व्यवसायीहरुले संघर्ष समिति बनाएर अगाडि बढेकाले भोलिदेखि अझ आन्दोलनलाई सशक्त बनाउँछौं ।’

आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताउनु भयो । उहाँले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको बताउनु भयो । उहाँले महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रको व्यापारीक मुटु क्षेत्रमा पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । यसले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको छ । महानगरपालिकाले व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । महानगरपालिकाले सवारी साधन आउने सख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा होस् भन्ने माग हो ।’

व्यवसायीहरुले सडक आन्दोेलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्,महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले, दु:ख पाए साराले,व्यापारीलाई गरिखान दे,महानगरको पाराले दु:ख पाए साराले,एकल निर्णय खारेज गर,स्ट्याण्डबाजी बन्द गर्,व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महँनगरपालिकाको बिरोध गरेका छन् । —न्युज एजेन्सी नेपाल