२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन: ट्रम्प



अ+ अ-

न्यू ह्यामसायर । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन भन्नुभएको छ ।

अमेरिकी पूर्व राष्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो प्रशासनको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताउनुभयो ।

न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यदि उनीहरू ९अमेरिकी मतदाताहरू० एउटा महान् देश चाहन्छन् भने उनीहरूले ‘अमेरिकालाई फेरि महान बनाउने’ हो भने रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ । यसैको पक्षमा मतदान गर्नुपर्छ ।”

रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उहाँको दावी थियो । पूर्व राष्ट्रपति ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’ को त्रासमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्वोधन गरेका थियौं । हामीसँग कुनै युद्ध थिएन । रूसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इज्राएलमाथि पनि आक्रमण हुने थिएन ।

ट्रम्पले थप्नुभयो, “इरान टुक्रियो, तपाईलाई थाहा छ उनीहरुसँग पैसा किन थिएन रु किनभने मैले अन्य देशहरूलाई भनें, जबसम्म हामी सम्झौता गर्दैनौं तबसम्म तपाईं उनीहरूसँग व्यवहार गर्न सक्नुहुन्न ।” अहिले इरानले चारैतिर पैसा फैलाइरहेको छ । हामी फेरि मध्यपूर्वमा बम बारी गर्दैछौं, र यसको कुनै असर छैन ।”




भर्खरै