१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

प्रधानमन्त्रीको जोडबलमा जेठमै हुनेभो निर्वाचन

प्रधानमन्त्रीको जोडबलमा जेठमै हुनेभो निर्वाचन
अ अ+ अ-

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभयो । त्यस अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच लामै कुराकानी भयो । विषय निर्वाचनमै केन्द्रित थियो । राष्ट्रपतिले स्थानीय तहको निर्वाचन र यसको तयारीका विषयमा चासो राख्नुभयो । उहाँले यस विषयमा बुँदागत रुपमा नै प्रधानमन्त्रीसँग परामर्श गरी आवश्यक सुझाव पनि दिनुभयो ।

यो भेटवार्ता किन पनि सौहार्दपूर्ण भयो भने प्रधानमन्त्री पनि निर्वाचनकै पक्षमा हुनुहुन्थ्यो । त्यसैले राष्ट्रपतिले पनि संविधान र कानुनमा भएका व्यवस्था अनुसार नै लोकतन्त्रमा आवधिक निर्वाचनलाई रोक्न नहुने सुझाउनुभएको थियो । प्रधानमन्त्रीको पनि राष्ट्रपतिको भन्दा कम चासो थिएन । उहाँले पनि राष्ट्रपतिसमक्ष आफू पनि निर्वाचनकै पक्षमा रहेको र परामर्शमै रहेको जवाफ दिनुभएको थियो ।

सत्तारुढ गठबन्धनमा कुराकानी सुरु भएको भए पनि आफू निर्वाचनको विपक्षमा कहिल्यै नरहेको बताउनुभएको थियो । हुन पनि प्रधानमन्त्रीले आगामी स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउँदै आउनुभएको थियो । उहाँलाई निर्वाचन गर्न नसक्ने भनेर यससँग जोडेर बजारमा धेरै कुरा बाहिर ल्याउन थालिएको भए पनि उहाँ यस पटक भने संविधानमा व्यवस्था भएबमोजिम नै समयमै निर्वाचन गर्ने पक्षमा हुनुहुन्छ ।

निर्वाचन कम्तीमा ६ महिना पर सार्ने पक्षमा सत्तारुढ घटकका प्रचण्ड र माधव नेपाल हुनुहुन्थ्यो । उहाँहरुले अहिले नै निर्वाचन नगरी कानुनमा संशोधन गरेर कम्तीमा ६ महिना पर सार्नेमा रहनुभएको थियो । तर यो कुरा प्रधानमन्त्रीलाई मन परेको थिएन । उहाँले प्रचण्ड नेपालसँग पनि निर्वाचन सार्ने काम नगरौँ, यसले जनमतदेखि डराएको भनेर एमालेले प्रचारमा उत्रिन्छ भनेरै पटक पटक भन्नुभएको थियो । प्रधानमन्त्रीले निर्वाचन सार्ने भनेर कुनै अभिव्यक्ति पनि दिनुभएको छैन । अनि सत्तारुढ घटकका हरेक बैठकमा पनि चुनाव सार्ने काम नगरौँ यसले पार्टी भित्र र बाहिर पनि मलाई नै अपजस आइलाग्छ भनिरहनुभएको छ । तर दुःखको कुरा बजारमा आउँदा भने सरकारले चुनाव सार्न खोज्यो भनेर आयो । अनि प्रधानमन्त्रीको आलोचना सुरु भयो ।

यहाँसम्म कि काँग्रेस पार्टीभित्र पनि चुनाव सार्न खोजेको भनेर प्रधानमन्त्रीकै आलोचना सुरु भएको थियो । एमालेका कतिपय भातृ संगठनहरुले विज्ञप्ति नै निकालेर सरकारको विरोध गरे भने केहीले विरोध प्रदर्शन नै गरे । कतै त प्रधानमन्त्रीको पुतला दहन समेत गरियो, जुन विल्कुलै गैरप्रजातान्त्रिक र गलत अभ्यास थियो । त्यसैको परिणाम आज प्रधानमन्त्री र निर्वाचन आयोगबीचमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समझदारी भएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको बताइएको छ । गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्नुपर्ने सुझाव दिएको थियो । तर सत्तारुढ गठबन्धनका नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनलाई निर्धारित समयभन्दा छ महिना पर धकेल्ने प्रयास गरेका थिए । प्रधामन्त्री देउवाले ती दलको अनुरोधलाई अस्वीकार गर्दै समयमै निर्वाचन गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीकै जोडबलमा जेठमा निर्वाचन हुने निश्चित जस्तै भएको छ ।