• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

यू-१९ विश्वकप क्रिकेट: नेपाल र पाकिस्तान भिड्दै



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा समुहचरणअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा हुनलागेको खे नेपाली समयानुसार दिउँसो १:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानलाई हराएको थियो ।

यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएको छ । जसमा नेपाल र पाकिस्तानले एक एक खेल जितेको छ भने एक खेल अनिर्णित भएको छ ।