३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले-जसपा सत्ता सहकार्यबारे बैठक सकारात्मक, शुक्रबार फेरि वार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) का प्रमुख नेताबीच सकारात्मक छलफल भएको छ । बिहिवार जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा उच्चस्तरीय छलफल भएको हो । 

जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए । 

बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका एक नेताले बताए। जसमा संविधान संशोधन, रेशम चौधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका ती नेताले बताए।  

नेकपा एमाले र जसपाबीच शुक्रवार कार्यदलस्तरमा अनौपचारिक छलफल हुने भएको छ ।