२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलबाट हुने उडान बढ्दो



अ+ अ-

पोखरा । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।

गत वर्ष माघमा भएको हवाई दुर्घटनापछि करिब केही महिना प्रभावित बने पनि बिस्तारै गति लिँदै गएको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सबेरै र बेलुकी अबरेसम्म पनि उडान भइरहेका छन् । “अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारणले बिहान सबेरै र राति अबेरसम्म उडान सञ्चालन गर्न मिलेको छ । पुरानो विमानस्थलबाट दिउँसो ४स्३० बजेपछि उडान हुँदैनथ्यो तर अहिले रातिसम्म उडान हुन्छ । रात्रिकालीन उडानका लागि पनि अहिले सहज भएको छ । यसले यात्रु सङ्ख्या बढाउन सघाएको छ,” उहाँले भन्नुभयो ।

पोखरा–काठमाडौँबाहेक पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुरलगायतका गन्तव्यमा पनि उडान भएका छन् । सन् २०२२ मा पोखराका हवाई यात्रुको सङ्ख्या आठ लाख ८३ हजार ५३६ थियो । ती हवाई यात्रुमध्ये ८१ हजार १७६ जना विदेशी थिए । गोरखापत्र दैनिकमा सन्तोष सुवेदीले खबर लेखेका छन् ।