२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको नयाँ मूर्तिको नाम के राखियो ?



अ+ अ-

अयोध्या । अयोध्याको राम मन्दिरमा स्थापित भगवान रामको नयाँ मूर्तिको नामाकरण गरिएको छ । जसअनुसार नयाँ मूर्ति ‘बालकराम’को नामले चिनिनेछन् ।

जनवरी २२ (सोमबार) प्राण प्रतिष्ठामा सहभागी पुजारी अरुण दीक्षितका अनुसार नयाँ मूर्तिलाई बालकराम नाम दिनुको कारण भगवान् ५ वर्षको उमेरका बालकजस्तै देखिनु हो ।

वाराणसीका बासिन्दा अरुण दीक्षितले भने – जब मैले पहिलो पटक मूर्ति देखेँ, मेरो खुशीको सीमा रहेन । मेरो आँखामा खुसीका आँसु बग्न थाले । त्यतिबेलाको अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

उनले अहिले सम्म ५०-६० वटा ठूला अभिषेकमा संलग्न भएपनि यो आफ्नो जीवनको सबैभन्दा अलौकिक, दिव्य र उत्कृष्ट कार्यक्रम भएको बताए । प्रतिमाको पहिलो झलक जनवरी १८ मा पाएको दीक्षितले बताए ।

सोमबार अर्थात २२ जनवरीमा रामलल्लाको अभिषेक पूजामा प्रधानमन्त्री मोदी र आरएसएस प्रमुख मोहन भागवत सहित ६ अतिथिहरू सहभागी भए । त्यसपछि मोदीले करिब ३५ मिनेटको भाषण दिए ।

प्रधानमन्त्रीले भने–केहीले भनेका थिए राम मन्दिर बनेमा आगो लाग्छ । राम मन्दिरले आगोलाई होइन उर्जालाई जन्म दिएको छ ।