२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरमा भीडलाई प्रशासनले सम्हाल्न सकेन



अ+ अ-

एजेन्सी । अयोध्यामा रामलल्लाको प्राण प्रतिष्ठापछि मंगलबार २३ जनवरीदेखि मन्दिरमा सर्वसाधारणको दर्शन सुरु भएको छ । बिहान ३ बजेदेखि नै दर्शनका लागि भक्तजनको भीड लागेको थियो ।

रामलल्लाको दर्शन गर्न धेरै राज्यबाट मानिसहरु आएका छन् । मन्दिरको ढोका खुल्ने बित्तिकै भित्र जान मानिसहरुको भीड लागेको थियो ।

दिउँसो शयनका लागि बन्द गरिएका भगवान रामलल्लाको ढोका एक घण्टाअघि नै खोलिएको तथ्यबाट दर्शनका लागि भीड हुने भीडको अनुमान लगाउन सकिन्छ । रामलल्लाको शयन ढोका दिउँसो १२ः४५ देखि २ः१५ बजेसम्म बन्द हुने भए पनि भीडका कारण दिउँसो सवा१ बजे मात्रै खोलिएको थियो ।

साना–साना समूहमा मानिसलाई दर्शनका लागि पठाइएको छ । एक पटक सुरक्षा तोडेर मानिसहरु भागेका थिए ।

प्रशासनका अनुसार दिउँसो २ बजेसम्म साढे दुई लाख मानिसले दर्शन गरेका थिए । भीड नियन्त्रण गर्न ८ जना म्याजिस्ट्रेट खटाइएको छ । यसैबीच राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको नयाँ मूर्तिको नाम बालकराम राखिएको छ ।