• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा निगमको भुमिका रहदैन



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भुमिका नहुने बताउनुभएको हो । 

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने बताउनु भयो । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र ब्यबस्थापनको खर्च धान्ने विषय मुल्य सँग नजोडिने बताउनु भयो । आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अबस्था नरहेको पनि बताउनुभयो । प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो – ‘हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ विक्रि गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ । त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन । यो मुल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठुलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उहाँले बताउनुभयो । मुल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मुल्य समायोजन. गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो –‘यो मुल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहीँ ठुलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैँया कायम गरेको छ ।