११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सडकमा आजदेखि नो पार्किङ् -फोटो फिचर



अ+ अ-

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ ।

यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।

 

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।

 

पार्किङ् निषेध गरिएको ठाउँमा आज विहानै देखि विशेष सरसफाइ गरियो । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।