१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday
Latest
निःशुल्क डायलासिस सेवाले बिरामीलाई राहत अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्धनमा सधैँ प्रतिबद्ध छ मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु प्रधान सेनापतिद्वारा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास निरीक्षण सम्पन्न मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्राको प्रभु साहद्धारा स्वागत सालकको खपेटा सहित चार जना पक्राउ नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं: मन्त्री पौडेल दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै काठमाडौँमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सडकमा आजदेखि नो पार्किङ् -फोटो फिचर



अ+ अ-

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ ।

यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।

 

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।

 

पार्किङ् निषेध गरिएको ठाउँमा आज विहानै देखि विशेष सरसफाइ गरियो । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।